काठमाडौं, कात्तिक १८-
पछिल्लो २४ घण्टामा देशभर ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको छ ।