Gorkha Sansar

जीप दुर्घटनामा वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोट असोज २१-

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।

जुनीचाँदे गाउँपालिका १, औलभीरमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जुनीचाँदे–१ की अन्दाजी ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही र ३० वर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

बुधबार दिउँसो २ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो।

घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाबाट प्रहरी गएको छ।

जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ।

प्रहरीले घटनाबारे थप खोजी गरिरहेको वास्तोलाले जानकारी दिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.