सामाजिक सुरक्षा भत्ताको लागि प्रभुमा खाता खोल्नुपर्ने, वडा कार्यालयमै बैंक खाता खोलिने

गोरखा संसार
१४ असोज, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ ले आ.ब. २०७७÷०७८ देखि सामाजिक सुरक्षा भत्ता प्रभु बैंकको डुम्रे शाखाबाट बितरण गर्ने भएको छ । सोको लागि सम्पूर्ण नागरिकहरुको खाता खोल्न बैंकका कर्मचारी वडा कार्यालयमै आएर खाता खोलिदिने भएको छ ।
खाता खोल्नको लागि सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरु आवश्यक कागजपत्रहरु लिई वडा कार्यालयमा आउनुपर्ने वडा कार्यालयले जनाएको छ । यस अघि अर्को बैंकमार्फत सामाजिक सुरक्षा बितरण भइरहेको भएपनि अवदेखि सामाजिक सुरक्षा भत्ताको कारोबार प्रभु बैंकको डुम्रे शाखाबाट गरिने वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो । वडाबाहिर बसोबास गरिरहेका र यस वडमार्फत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरुले पनि प्रभु बैंकको जुनसुकै शाखामा सामाजिक सुरक्षा खाता खोली वडा कार्यालयमा उपलब्ध गराउन समेत वडा कार्यालयले सूचित गरेको छ ।

खाता खोल्नको लागि आवश्यक पर्ने कागजातहरुको सूची

१, सम्मन्धित व्यक्ति (खातावाला) को नागरिकताको २ प्रति फोटो, भत्ता पट्टाको फोटोकपी र ३ प्रति फोटो
२, हकवालाको नागरिकताको फोटोकपी र १ प्रति फोटो
३, अति असक्तको लागि संरक्षकको नागरिकताको फोटोकपी २ प्रति साथै वडाको सिफारिस
४, बच्चाको लागि बच्चाको जन्मदर्ताको फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी र २ प्रति फोटो
५, अपाङ्गको हकमा अपाङ्गता परिचयपत्र तथा अति अशक्तको लागि वडाको सिफारिस

खाता खोल्नको लागि कसले कहिले सम्पर्क गर्ने ?

साविक च्याङ्ली गा.वि.स वडा नं.६ का व्यक्तिहरुले २०७७ असोज १५ गते वडा कार्यालय भवनमा

साविक च्याङ्ली गा.वि.स वडा नं ५का व्यक्तिहरुले २०७७ असोज १६ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.९ का व्यक्तिहरुले २०७७ असोज १७ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.७ का व्यक्तिहरुले २०७७ असोज १८ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.८ का व्यक्तिहरुले २०७७ असोज १९ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.४ का व्यक्तिहरुले २०७७ असोज २० गते वडा कार्यालय भवनमा
छुट भएका सबै व्यक्तिहरुले २०७७ असोज २१ गते वडा कार्यालय भवनमा
डा नं.८ का व्यक्तिहरुले २०७७ असोज १९ गते वडा कार्यालय भवनमा
साविक च्याङ्ली गा.वि.स वडा नं.४ का व्यक्तिहरुले २०७७ असोज २० गते वडा कार्यालय भवनमा
छुट भएका सबै व्यक्तिहरुले २०७७ असोज २१ गते वडा कार्यालय भवनमा

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.