रविन्द्र कंडेल
२ साउन
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि १ महिनाको थप तलब सुबिधा दिने भएको छ ।
कोभिड १९ को समयमा पनि उच्च मनोबलका साथ काम गरेका कारण स्वास्थ्यकर्मीहरुका लागि प्रोत्साहन स्वरुप १ महिनाको तलब बराबरको सेवा सुबिधा थप दिने निर्णय गरिएको नगर प्रमुख दिपक बाबु कंडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुका लागि मात्र दिने कि भन्ने सोच भएतापनि सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने उदेश्यका साथ नगरपालिकाभित्र रहेर काम गर्ने सम्पूर्ण लाई एकमुष्ठ रुपमा सम्मानस्वरुप यस्तो काम गरिएको हो ।
नगरपालिकाभित्र रहेका सम्पूर्ण कर्मचारीहरुलाई यस्तो सुविधा दिँदा नगरपालिकाको कोषबाट करीब २५ लाख रुपैयाँ खर्च हुने नगरप्रमुख कंडेलले बताउनुभयो ।
नगरपालिकाले गरेको यो निर्णयबाट आफूहरु खुशी भएको र नगरपालिकाप्रति आभारी रहेको स्वास्थ्यकर्मीहरुले प्रतिक्रिया दिएका छन् ।
कोभिड १९ पछि यस नगरपालिकामा हालसम्म १ जनाको ज्यान गएको छ ।
स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न नगरपालिकाले दियो १ महिनाको थप तलब सुबिधा
Facebook Comments Box