काठमाडौँ — यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो । विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने उनले बताए । कक्षा १० मा अर्थात एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।कक्षा ११ को पनि बोर्डले नै कार्यविधि बनाउने भनिएको छ । ‘यसपटकलाई मात्र यस्तो निर्णय गरेका हौं,’ भट्टराईले भने, ‘अर्को पटकदेखि के गर्ने भन्ने पछि नै निर्णय हुन्छ ।’ शुक्रबार शिक्षा मन्त्री अध्यक्ष रहने परिषद्ले उक्त निर्णय गरेको हो । कक्षा ११ को परीक्षा दिएपछि विद्यार्थी स्वत: १२ कक्षामा पढ्न पाउने व्यवस्था अहिले पनि छ । ११ को नतिजा कुरिराख्नु पर्दैन ।कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताउँदै आएको छ । एसईईको नतिजा प्रकाशनका लागि विद्यार्थीले आन्तरिक मूल्याङनमा प्राप्त गरेको अंक संकलनको काम भइरहेको छ । असार मसान्तभित्र देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको छ ।
थप समाचार
-
विराटनगरमा लुटिएका सामान फिर्ता अभियान
गाेर्खा संसारSeptember 14, 2025भाटभटेनी सुपरमार्केटमा आगजनीपछि भएको लुटपाटबाट संकलित सामग्री फिर्ता गराउने अनौठो नागरिक अभियान विराटनगरमा सुरु भएको छ । सामाजिक अभियन्ता पारुल क्षेत्रीको नेतृत्वमा य... -
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री
गाेर्खा संसारSeptember 13, 2025काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इ... -
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी
गाेर्खा संसारSeptember 9, 2025काठमाडौं, २४ भदौ - नेपाली सेना प्रमुख अशोकाराज सिग्देलले राष्ट्रको नाममा महत्वपूर्ण सम्बोधन गर्न तयारी गरिरहेका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि उनले केही समयका लागि स... -
‘जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे’
गोर्खा संसारSeptember 9, 2025'जेनजी युवाको कब्जामा सिंहदरबार, प्रहरी–सेना पछि हटे' २४ भदौ, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार आज जेनजी युवाहरूको नियन्त्रणमा पुगेको छ । आक्रोशित प्रदर्शनकारीहर... -
जेन जी पुस्ताको आन्दोलन: प्रधानमन्त्री ओलीको पराजय र नयाँ नेतृत्वको आवश्यकता
गाेर्खा संसारSeptember 9, 2025नेपालमा जेन जी पुस्ताले उठाएको आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो खल्बली मच्चाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जना निहत्था प्रदर्शनकारीमाथि गोली चलाउने घटनापछि आफ्नो... -
इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति
गोर्खा संसारAugust 31, 2025सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी ग...