Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
आज अष्ट्रेलियाबाट २५९ फर्किदै, खाडी देशबाट एक लाख २७ हजारभन्दा बढी फर्किने तयारीमा

आज अष्ट्रेलियाबाट २५९ फर्किदै, खाडी देशबाट एक लाख २७ हजारभन्दा बढी फर्किने तयारीमा

काठमाण्डौं, ९ असार
अष्ट्रेलियाबाट आज २ सय ५९ नेपालीलाई उद्धार गरेर ल्याइदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत २ सय ५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं ल्याउन लागिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपालीहरुलाई त्यो जहाजमा ल्याइनेछ । धेरै आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया पुगेका अविभावक रहेका छन् । न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि त्यही जहाजमा नेपाल आउन तयारीमा रहेका छन् ।
त्यस्तै खाडी मुलुकबाट एक लाख २७ हजारभन्दा बढी तत्काल फर्काउन पर्ने देखिएको छ । रोजगारीका लागि गएका करिब १३ लाख नेपाली श्रमिकमध्ये एक लाख २७ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किने तयारीमा छन् ।

श्रम स्वीकृति सकिएका र आममाफी पाएका एक लाख २७ हजारभन्दा बढी स्वदेश फर्किने तयारीमा रहेका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन लगायतका देशमा १२ लाख ८७ हजार आठ सयभन्दा धेरै श्रमिक छन् । गैह्र कानूनी रुपमा विदेशिमा बसेका ७ सयभन्दा बढी नेपाली महिलाहरु स्वदेश फर्किएका छन ।

इच्छाकामना न्युजबाट

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.