अर्थ तथा विकास समितिको सदस्यबाट मनाङेको राजीनामा

कास्की, ८ असार
गण्डकी प्रदेश सांसद दीपक मनाङे अर्थात राजीव गुरुङले प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिनुभएको छ ।

समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उहाँले बताउनुभयो ।

सांसदको काम भन्दा बढी भ्रष्टाचार र समितिका सदस्यहरू भूमिका विहिन देखेर लाज लागेकाले राजीनामा दिएको गुरुङले बताउनु भएको छ ।
समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उहाँको आरोप रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.