रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ११, गोरखा
उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका मुस्लिमहरुमा कोभिड १९ को संक्रमण देखिएको र त्यहाँ केही मुस्लिमहरु त्यहाँ लुकेर बसेको भन्न समाचारहरु आउन थालेका छन् । यस्तो परिवेशमा मस्जिद वा मदरसामा ४ जनाभन्दा बढी बस्न नपाउने मुस्लिम संघ नेपालका केन्द्रिय अध्यक्ष अब्दुल सतारले बताउनुभएको छ । उहाँका अनुसार हरेक मस्जिद वा मदरशामा एकजना मूल पुजारी, १ जना सहायक पुजारी, १ जना भान्से, १ जना सरसफाइ गर्ने मानिस गरी ४ जनामात्र रहने उहाँले बताउनुभएको छ ।
मस्जिद तथा मदरसामा मानिसहरु लुकेर बस्न नमिल्ने र वस्न नहुने मुस्लिम संघका केन्द्रिय अध्यक्ष सतारले बताउनुभएको छ । स्थानीय प्रशासनले कति मस्जिद, कति मदरशा छन त्यसको लेखाजोखा नराख्दा यस्तो परिवेश उत्पन्न भएको अध्यक्ष सतारले बताउनुभएको छ । उहाँले हामीसंगको कुराकानीका क्रममा कुनै पनि मस्जिद वा मदरसामा ४ जनामात्रै रहन र अरु कोही कसैलाई नराख्न निर्देशन समेत दिइसकेको बताउनुभएको छ ।
मस्जिदमा केही मुस्लिमहरु लुकेर बसेका छन नि भन्ने जिज्ञासामा उनीहरु लुकेर बसेको नभई स्थानीय प्रशासनलाई जानकारी गराएर बसेको तर स्थानीय प्रशासनले उचित ध्यान दिन नसकेको बताउनुभयो ।
कुराकानीको क्रममा उहाँले अब आउँदै गरेको रमजान पर्वका अवसरमा पनि मानिसहरु भेला हुने नवाज पढने लगायतका कार्यहरु स्थगित गर्नका लागि निर्देशन दिइसकिएको र सोही अनुसार गर्न समेत सम्पूर्ण मुस्लिम समुदायमा सर्कुलर गरिएको बताउनुभएको छ । साथै उहाँले आफ्नो समुदायका सर्वलाई नेपाल सरकारले गरेको लक डाउनको आदेश पूर्ण रुपमा पालना गर्न समेत अनुरोध गर्नुभएको छ ।
दिनभर ब्रत बसेर बेलुकी सवै एकठाउँमा बसेर खाने परम्परा छ त्यसलाई पनि अहिलेको परिवेशमा नगर्न उहाँले सवैलाई निर्देशन समेत दिनुभएको छ ।