Gorkha Sansar

पालुङ्टारमा निजी विद्यालय सञ्चालकहरुले नगरपालिकालाइ ३० हजार बराबरको खाद्यान्न हस्तान्तरण

गोरखा संसार
चैत्र ३०, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकाको कार्यालयमा पुगी निजी विद्यालय सञ्चालकहरुले गरीब तथा विपन्न र मजदुरी गरी खानेहरुका लागि वितरण गर्नको लागि ३० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेका छन् ।
कोभिड १९ पछि सरकारले गरेको लकडाउन संगै समस्यामा परेका नगरपालिका भित्रका अति विपन्न तथा ज्याला मजदुरी गरी खानेहरुका लागि यस परिस्थिति मा जीवन गुजारा गर्न समेत कठिनाई हुने महसूस गरी ३० हजार बराबरको २० बोरा चामल खरीद गरी नगरपालिकाकी उप प्रमुख पम्फा बसेललाई हस्तान्तरण गरेका हुन ।
निजी विद्यालयहरुको छाता संगठन गोरखा प्यावसन अन्तर्गत पालुङ्टार नगरपालिका भित्र सञ्चालित ६वटा निजी विद्यालयहरुले संयुक्त रुपमा उक्त चामल हस्तान्तरण गरिएको ब्राइट फ्युचर बोर्डिङ स्कूलका सञ्चालक मदन देवकोटाले जानकारी दिनुभएको छ ।
पालुङ्टार नगरपालिकामा प्यावसन संग आवद्ध रहेका ५ वटा निजी विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

यस अघि नगरपालिकाको विपद व्यवस्थापन कोषमार्फत मेड नेपाल नामक संस्थाले रु.५० हजार र निर्माण व्यवसायी संघ पालुङटार ,गोरखाले रु ६० हजार सहयोग गरिसकेका छन भने अन्य संघसंस्थाहरुबाट पनि सहयोग प्राप्त भइरहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै गरी नगरपालिकाले नगरभित्रका सम्पूर्ण कर्मचारीहरुकोे १ दिन को तलब पनि विपद कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.