काठमाडौं, १६ भदौ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ८२ पैसा र बिक्री दर १४१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
युरोपियन युरोको खरिद दर १६४ रुपैयाँ ५६ पैसा र बिक्री दर १६५ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङको खरिद दर १९० रुपैयाँ १७ पैसा र बिक्री दर १९० रुपैयाँ ९८ पैसा तोकिएको छ । स्वीस फ्र्याङ्कको खरिद–बिक्री दर क्रमशः १७५ रुपैयाँ ९० पैसा र १७६ रुपैयाँ ६५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरको खरिद–बिक्री दर ९२ रुपैयाँ १० पैसा र ९२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर १०२ रुपैयाँ ४५ पैसा र १०२ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर १०९ रुपैयाँ ७० पैसा र ११० रुपैयाँ १७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिद–बिक्री दर नौ रुपैयाँ ५८ पैसा र ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआनको दर १९ रुपैयाँ ७५ पैसा र १९ रुपैयाँ ८३ पैसा, साउदी रियाल ३७ रुपैयाँ ५३ पैसा र ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल ३८ रुपैयाँ ५३ पैसा र ३८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
थाई भाट ४ रुपैयाँ ३६ पैसा र ४ रुपैयाँ ३८ पैसा, युएई दिराम ३८ रुपैयाँ ३४ पैसा र ३८ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेट ३३ रुपैयाँ ३३ पैसा र ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १० रुपैयाँ १४ पैसा र १० रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर १४ रुपैयाँ ८८ पैसा र १४ रुपैयाँ ९५ पैसा, डेनिस क्रोनर २२ रुपैयाँ ०५ पैसा र २२ रुपैयाँ १४ पैसा तोकिएको छ ।
हङकङ डलर १८ रुपैयाँ ०६ पैसा र १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार ४६० रुपैयाँ ९५ पैसा र ४६२ रुपैयाँ ९१ पैसा, बहराइन दिनार ३७३ रुपैयाँ ५३ पैसा र ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल ३६६ रुपैयाँ २४ पैसा र ३६७ रुपैयाँ ८० पैसा रहेका छन् ।
भारतीय रुपैयाँ (१००) को खरिद–बिक्री दर क्रमशः १६० रुपैयाँ र १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले विनिमय दर आवश्यक अनुसार संशोधन गर्न सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने दर फरक पर्न सक्ने जानकारी पनि उपलब्ध गराएको छ । अद्यावधिक दर राष्ट्र बैङ्कको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।