काठमाडौं, १४ भदौ । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्वेन्सन सेन्टरमा भव्य समापन समारोहका बीच लुँइटेललाई यस वर्षको मिस नेपाल घोषणा गरेको हो ।
यसअघि काठमाडौंसहित देशका विभिन्न शहरहरूमा अडिसन आयोजना गरिएको थियो । त्यसमार्फत छनोट भएका २६ जना प्रतिस्पर्धीबीच अन्तिम प्रतिस्पर्धा चलेको थियो ।
लुँइटेलले उपाधि हात पार्दै आगामी एक वर्षसम्म मिस नेपालको जिम्मेवारी तथा विभिन्न सामाजिक अभियानमा सहभागिता जनाउने छिन् ।