Gorkha Sansar

‘खुसी छु, राष्ट्रपति सीसँग दोहोरो भेट भयो’ – प्रधानमन्त्री ओली

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमै लगातार दोस्रो पटक भेट गरेकोमा खुसी व्यक्त गरेका छन् ।

शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले मंगलबार राष्ट्रपति सीसँग द्विपक्षीय भेट गरेका हुन् । प्रधानमन्त्रीले भेटलाई ‘फलदायी’ भएको बताउँदै नेपाल–चीनबीचको सहकार्यलाई अझै मजबुत बनाउन सहमति भएको उल्लेख गरेका छन् ।

भेटपछि सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै ओलीले भनेका छन्, “दुई वर्षमा लगातार दोस्रो पटक राष्ट्रपति सीसँग भेटेर फलदायी वार्ता गर्न पाउँदा खुसी लागेको छ । हामीले विगतका उपलब्धिहरूको समीक्षा गर्‍यौं र सहकार्य अझ प्रगाढ बनाउन सहमति जनायौं ।”

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनको निमन्त्रणा दिएकोमा पनि धन्यवाद व्यक्त गरेका छन् ।

चीनको उत्तरी सहर तियान्जिनमा एससीओ सम्मेलन भोलिदेखि सुरु हुँदैछ भने ओलीले पर्सी ‘एससीओ प्लस’ शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.