ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ले ५१९ केजी फोहर सङ्कलन

कास्कीको माछापुच्छ्रे २ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा क्रियाशील विद्यार्थी समूह ‘ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ले एक रचनात्मक कार्यक्रम गरी पचासौँ विश्व वातावरण दिवस मनाएको छ । सो अवसरमा क्लवले विद्यार्थीलाई पूर्व सूचना गरी आफ्नो घर तथा वरपर रहेका फोहर सङ्कलन गरी बुझाउने प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा १०/१० जनाको ३० वटा समूहले ५१९ केजी फोहर सङ्कलन गरी आयोजक समक्ष बुझाएको ‘ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’की अध्यक्ष नम्रता गुरुङले बताइन् । प्रतियोगितामा विजयी समूहलाई अन्नपूर्ण संरक्षण क्षेत्र सार्दिखोला चेकपोस्टका प्रमुख श्रीकृष्ण न्यौपानेले पुरस्कार वितरण गर्नुभयो । मन्तव्यका क्रममा न्यौपानेले यस्ता कार्यले विद्यार्थी तथा अभिभावक सबैमा सचेतना थपिएका जानकारी दिँदै विद्यालयको रचनात्मक कामको खुलेर प्रशंसा गर्नुभयो ।

माछापुच्छ्रे २, भुर्जुङखोलास्थित माछापुच्छ्रे विद्यालयले प्रत्येक कक्षालाई भाषा, व्यवसाय, प्रकृति संरक्षण, नेतृत्व विकासलगायतका विभिन्न थिममा क्रियाशील गराइरहेको छ । विद्यालयका प्रअ सन्तोष आचार्यले विद्यार्थीलाई पाठ्यक्रमले तोकेका निर्धारित सक्षमतालाई सहयोग पुग्ने गरी प्रत्येक कक्षालाई छुट्टाछुट्टै थिममा सक्रिय बनाउँदा सिकाइसमेत प्रभावकारी बन्दै गइरहेको बताउनुभयो । करिब सात सय विद्यार्थी नियमित अध्ययन गर्ने माछापुच्छ्रे मावि क्रियाकलापका आधारमा देशकै उदाहरणीय स्कुल हो । विद्यालयका शैक्षिक गतिविधि अवलोकन गर्न देशका थुप्रै विद्यालय त्यहाँ पुग्ने गरेका छन् ।                                              source: शिक्षा

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.