च्याङली सामुदायिक सिकाइ केन्द्रद्वारा ७ व्यवसायीहरूका लागि सूक्ष्म व्यवसाय कर्जा बितरण

गाेरखा, फागुन २८

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ कार्यथलाे बनाएर काम गर्दै अाएकाे च्याङली सामुदायिक सिकाइ केन्द्रले नयाँ ७ व्यवसायीहरूका लागि साना व्यवसाय कर्जा अन्तर्गतकाे घुम्तीकाेष रकम बितरण गरेकाे छ ।

अाजै वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे उपस्थितिमा साे कर्जा बितरण गरिएकाे हाे । केन्द्रले शैक्षिक श्राेत तथा बिकास केन्द्रसंगकाे सहकार्यमा बिगत केही बर्षदेखि निरन्तर रूपमा गाेरखा जिल्लाका ५ वटा सिकाइ केन्द्रहरूमा यस प्रकारकाे घुम्तीकाेष सञ्चालन गरिरहेकाे छ ।

केन्द्रले व्यवसायीहरूका लागि सरल व्याजदरमा ६ महिनाका लागि कर्जा दिदै अाएकाे छ । हरेक ६,६ महिनामा व्यवसायीहरूले लगेकाे रकमकाे साँवा र व्याज फिर्ता गर्नेछन । यसअघि गत भाद्र २८ गते रू.२६ हजारका दरले लगानी गरिएकाेमा साे काे व्याजसहित प्राप्त रकम २७ हजार ३ सय मध्ये २७ हजारका दरले ६ महिनाका लागि लगानी गरिएकाे हाे ।

केन्द्रले अाफ्नाे स्थापना कालदेखि नै वडा नं. ७ भित्र रहेका बिभिन्न समूह तथा टाेलबिकास संस्थाहरू एवं बिभिन्न संघसंस्थाहरू संग समन्वय गरी शिक्षा, स्वास्थ्य, सीपमूलक तथा अायअार्जनका क्षेत्रमा कार्य गर्दै अाइरहेकाे छ ।

त्यस्तै गरी केन्द्रले व्यवसायीहरूकाे सहजताकाे लागि बिरूवाटारमा रहेकाे ग्लाेबल अाइ.एम.इ. बैंकमा अाजै खाता खाेली काराेबार शुरू गरिएकाे समेत केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले बताउनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.