Gorkha Sansar

ग्लोबल आइएमई बैंक द्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

गाेरखा, पौष 22

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर 7 च्याङली  बिरुवाटारमा  डुम्रे शाखाले  बित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी एक कार्यक्रम सम्पन्न गरेको छ ।

जिबनजोति माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा पालुङटार नगरपालिका वडा नं 7 का अध्यक्ष अर्जुन बहादुर कुमाल, पूर्व वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, च्याङली सामुदायिक सिकाई केन्द्र का अध्यक्ष एवं पत्रकार रविन्द्र कडेल लगायतकाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरु महिला समूहका अध्यक्षहरु तथा स्थानीय बुद्धिजीवी लगायतका मानिसहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकिङ कारोबार, सुविधा, कर्जाको प्रकृति र प्रक्रिया, सुरक्षित कारोबार र डिजिटल कारोबार तथा बैक का बिभिन्न सेवा सुविधा का सम्बन्धमा ग्लोबल आइएमई बैंकले डुम्रे शाखाका प्रमुख निराजन श्रेष्ठ, कर्जा प्रमुख रामचन्द्र सिटौला,  बिरुवाटार शाखाका  प्रमुख रामहरि न्यौपाने, भन्सार शाखाका प्रमुख विष्णुप्रसाद देवकोटा लगायतकाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न सन्देसमूलक भिडियो तथा सामग्रीहरु प्रस्तुत गरी सहजिकरण गरिएको थियो ।

 

 

 

 

 

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.