Gorkha Sansar

गाेरखाकाे अारूघाटबाट प्रतिबन्धित जडीबुटी पाँचऔँले सहित एक पुरुष पक्राउ

गोरखा, १७ पुस :

गोरखाको आरुघाट गाउँपालिका–३ केवरपानीबाट प्रतिबन्धित जडीबुटी पाँचऔँले सहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले प्रतिबन्धित जडिबुटी सहित धार्चे गाउँपालिका वडा नम्बर २ घर भएका ५२ बर्षका आशमान गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीले चेकजाँचका क्रममा शरीर खानतलासी गर्दा गुरुङले बोकेको झोलामा प्रतिबन्धित जडिबुटी पाँचऔले फेला पारेको उहाँले बताउनुभयो । ‘उनको साथबाट पाँच किलो ६ सय ५० ग्राम जडिबुटी बरामत भएको छ, डिएसपी लामिछानेले भन्नुभयो, ‘बरामद गरिएको जडिबुटीको मुचुल्का उठाएर गुरुङलाई नियन्त्रणमा लिइएको हो ।’

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.