Gorkha Sansar

पुस १ गते मध्यरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले घटने

नेपाल आयाल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । निगमले पुस १ गते मध्यरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको हो। नयाँ मूल्यसूची अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम गरिएको छ।

खाना पकाउने एलपी ग्यास, हवाई इन्धनको मूल्य यथावत छ। ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण पेट्रोल, डिजेलको मूल्य घटाउन निगमलाई दवाब परेको थियो। निगमले अझै भारतीय आयल निगमलाई १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.