Gorkha Sansar

श्रीमतीकाे टाउकाे सहित प्रहरी कार्यालयमा पुगे श्रीमान ः कारण सुन्दा चकित

सुर्खेत : 

सुर्खेतकाे एक गाउँबाट श्रीमतीकाे टाउकाे काटेर  टाउकाेसहित श्रीमान प्रहरी कार्यालय पुगेकाे घटनाले यतिबेला सनसनी भएकाे छ ।

पञ्चपुरी गाउँपालिका -३ तोक्माका अमरबहादुर आले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका र साेही क्रममा प्रहरीले पक्राउ गरेकाे हाे ।

अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका र आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।

उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए। प्रहरीले टाउको बाहेकको शव घरमै फेला पारेको जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.