Gorkha Sansar

१५ जना चेपाङ्ग विद्यार्थीलाई न्यानाे कपडा तथा शैक्षिक सामग्री बितरण

१८ मंसिर,  तनहुँ।

तनहुँको भानु नगरपालिका-१२, घलेछाप स्थित श्री सरस्वती मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ्ग परिवारका तथा विपन्न परिवारका विद्यार्थीलाई आज आइतबार एक कार्यक्रमको आयोजना गरी सहयोग प्रदान गरिएको छ।

सो विद्यालयमा अध्ययनरत चेपाङ्ग परिवारका तीन जना सहित पाँच जना बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामग्री, खाद्यान्न सहित खाजा खर्चका साथै विद्यालयमा अध्ययनरत अन्य विपन्न परिवारका १० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।

भानु-१२ का वडा सदस्य सुदिप के.सी., भानु-१० का वडा सदस्य सन्तोष घले, स्थानीय युवाहरु पविन गुरुङ्ग, सर्जु राना, दिपक गुरुङ्ग, सजन गुरुङ्ग, इन्द्र बहादुर गुरुङ्ग, राजु अधिकारीको सक्रियतामा आर्थिक संकलन गरि उक्त सहयोग प्रदान गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, जिल्ला समन्वय समितिका सदस्य चिरञ्जीवी ढकाल, भानु-१२ का वडाध्यक्ष बेल बहादुर अधिकारी लगायत अन्य स्थानीयको समेत उपस्थिति रहेको थियो।                                                                   सर्मिला बि क

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.