Gorkha Sansar

बल्थुम खानेपानीकाे साधारणसभामा वडाकाे हस्तक्षेपः सामाजिक सञ्जालमा अाराेप प्रत्याराेप

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा सञ्चालित बल्थुम खानेपानीकाे साधारण सभामा वडा कार्यालयकाे हस्तक्षेप भएपछि सामाजिक सञ्जालमा अाराेप प्रत्याराेप देखिएका छन् ।

गत मंसीर १० गते हुने भनिएकाे साधारणसभा १७ गतेका लागि सारिएकाे थियाे । फेरी १७ गते पनि साधारणसभाकाे लागि तयारी पूरा नभएका कारण स्थगित गरिएकाे सूचना वडा कार्यालले निकालेकाे छ । यसका साथै सामाजिक सञ्जालमा स्वायत्त संस्थाकाे रूपमा रहेकाे खानेपानीकाे साधारण सभामा वडा कार्यालयले गरेकाे हस्तक्षेपका पक्ष र बिपक्षमा सामाजिक सञ्जालमा लेखिएका छन् ।

खानेपानी संस्थाका अध्यक्ष हित बहादुर थापाले केही व्यक्तिहरूकाे नाम नै किटान गरेर अाराेपमा उत्रिनुभएकाे छ भने पूर्व वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले भने अध्यक्ष थापाले गरेकाे अनियमितताका कारण बारम्बार मिति सार्दै अाएकाे अाराेप लगाउनुभएकाे छ ।

सामाजिक सञ्जालमा यसरी छरपष्ट रूपमा अाराेप प्रत्याराेप हुँदा उपभाेक्ता भने रूष्ट देखिएका छन् । यस खानेपानीमा ८५० घरधुरी रहेका छन् ।

वडा कार्यालयकाे हस्तक्षेपप्रति कतिपय सकारात्मक देखिएका छन भने कतिपय नकारात्मक रूपमा देखिएका छन ।प्रत्यक्ष रूपमा जनताले उपभाेग गर्ने खानेपानी संस्थाका बारेमा यसरी सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहनु पक्कै राम्राे कुरा हाेइन, सबैले बेलैमा सचेत भएर समाधान गर्नुपर्दछ ।

सामाजिक सञ्जालका प्रतिक्रियाहरू जस्ताकाे तस्तै  ः 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.