Gorkha Sansar

पत्रकार महासंघ गाेरखाकाे साधारणसभा सिरान्चाेकमा सम्पन्न

पत्रकार महासंघ गोरखाको एघारौँ साधारण सभा सिरान्चाेक गाउँपालिकाकाे क्होला आरुबोट सामुदायिक होमस्टेमा सम्पन्न भएकाे छ ।

१६ गते शुक्रबारका दिन हाेमस्टेमा सम्पन्न साधारणसभा शाखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको थियाे।
सो साधारण सभामा प्रमुख अतिथि पत्रकार महासंघ केन्द्रीय समितिकी सचिव सिर्जना अर्याल तथा महासंका गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रीता देवकोटा, पत्रकार महासंघ गोरखाका संस्थापक अध्यक्ष किशोरजंग थापा, पूर्व अध्यक्ष भीमलाल श्रेष्ठ, तुलसी स्मृति प्रतिष्ठानका पुरुषोत्तम अर्याल, सिरानचोक गाउँपालिकाका वडा सदस्य राजेश गुरुङ,  लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो सभाले महासंघका गोरखा शाखाका सचिव विकास मरहट्टाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मोहसिन अलि मियाले प्रस्तुत गरेको आय, ब्याय विवरण पारित गरेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.