Gorkha Sansar

अपेक्षाअनुसार नतिजा आएन, अहिले नै सबै बर्बाद भयो भन्ने केही छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभरको चुनावी परिणाम अपेक्षा गरे अनुसार नआएको बताएका छन् । विजयी उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिन गोरखा सदरमुकाममा आयोजित सभामा प्रचण्डले अपेक्षा गरेअनुसार परिणाम नआएको बताएका हुन् ।

प्रचण्डले भने, ‘अपेक्षा अनुसार नतिजा आएन । गठबन्धन दलहरुले केहि गृहकार्य गर्नुपर्ने देखिएको छ । जस्तो परिणामको अपेक्षा थियो । अब काठमाडौं गएपछि गठबन्धनको बैठक बस्नुपर्नेछ ।’

उनले विचार राजनीति सिद्धान्त, एजेण्डा नभइ आवेगमा भ्रमित पार्ने संकेत देखा परेको बताए ।

प्रचण्डले भने, ‘तपाईंहरुको जिम्मालाई मैले जीवनको अन्तिम समयको अवसर र चुनौतीको रुपमा बुझेको छु । हाम्रो अपेक्षाअनुरुपको नतिजा आएन । नसोचेको केहि कुरा भयो भन्नेछ ।’

प्रचण्डले भने, ‘सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुगेको थियो । तर, यो निर्वाचनबाट उल्टाउने चेस्टा गरेको देखियो ।’

परिवर्तनको रक्षामा गोरखाली जनताले रक्षा गर्न अपील गरे । राजनीतिक दलहरुले आत्मसमीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ। उनले भने, ‘अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन, राजनीतिक दलहरुले गम्भीररुपमा आत्मसमीक्षा गर्नुपर्ने देखियो। जनताको निम्ति समर्पित हुने नीति तथा कार्यक्रम ल्याएनौं भने देश अप्ठ्यारोमा पर्छ। देश भुमरीमा पर्न सक्छ।’

विचार र सिद्धान्तको अवमुल्यन हुने खतरा देखा परेको भन्दै राजनीतिक नेतृत्वले सोच्नुपर्ने अवस्था आएको प्रचण्डको भनाइ छ ।

पछिल्लो निर्वाचन मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको छ।

Source: daraundi

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.