Gorkha Sansar

राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कने

काठमाडौं । 

आइसल्याण्डको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन यही कात्तिक २१ गते आइसल्याण्ड गएकी राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन्। साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गरेकी थिइन्।

राष्ट्रपति भण्डारी शुक्रबार आइसल्याण्डबाट नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.