Gorkha Sansar

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे अध्यक्षमा बाेगटी

आँवुखैरेनी , तनहुँ ।

गाउँपालिका स्थित शिक्षकहरुकाे साझा सँगठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन आँवुखैरेनी गाउँपालिकाकाे अध्यक्षमा सुरेन्द्र बाेगटी सर्वसम्मत भएका छन् । मित्रता माध्यमिक विद्यालयमा आज भएकाे सँगठनकाे दाेस्राे भेलाबाट वाेगटी दाेस्राे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

समितिकाे वरिष्ठ उपाध्यक्षमा लक्ष्मण सिँखडा,उपाध्यक्ष लिलाधर ज्ञवाली,महिला उपाध्यक्ष पम्फा काेइराला, सचिव सुर्यमान सिँह गुरुङ, काेषाध्यक्ष अञ्जली चुमान, सदस्यहरु ध्रुवराज अधिकारी, शान्ती त्रिपाठी,सुनटिका परियार, सुक बहादुर गुरुङ, दिल बहादुर मगर,सरला बस्नेत, अवधेश महताे, विपना थापा, मेनुका घले, लिल बहादुर मगर,बृन्ध काेइराला, गीता पाण्डे अर्याल, रमेश वाग्ले, टिकामाया सुनारी रहेका छन् ।

अधिवेशनलाइ आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सम्बाेधन गरेका थिए । शिक्षाकाे विकासका लागि शिक्षकहरु एक भइ अघि बढ्नुपर्ने उनले बताए । आँवुखैरेनीकाे शिक्षा विकासका लागि एेन तथा कानुनहरु निर्माणकाे प्रक्रियामा रहेकाे उनले बताए ।

वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङले शिक्षक भनेकाे समाजकाे एेना रहेकाे बताए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पारस गाैलीले शिक्षाकाे विकासबाट मात्रै समाजकाे परिवर्तन सकिने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सल्लाहाकार इश्वर गाैलीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सँङ्ठनका केन्द्रीय सदस्य विन्दुकुमार श्रेष्ठ, ऋषिराम ढकाल, बुद्धिजीवी युवराज वगाले लगायतले शिक्षाकाे परिवर्तनका लागि गर्नुपर्ने कामहरुकाे बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

सँगठनका अध्यक्ष सुरेन्द्र बाेगटीकाे अध्यक्षतामा भएकाे कार्यक्रम सँगठनका सचिव लक्ष्मण बगालेले सञ्चालन गरेका थिए । कार्यक्रममा पालिका भित्र रहेका एकीकृत अखिल नेपाल शिक्षक सँगठनका एकसय जना भन्दा बढीकाे सहभागिता रहेकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.