Gorkha Sansar

लमजुङमा समृद्धिको ढोका ढकढकाउँदै छु : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमाहासचिव तथा लमजुङ प्रतिनिधि सभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले आँफुले लमजुङमा समृद्धिको ढोका ढकढक्याउन थालेको बताउनु भएको छ । चुनावी अभियान अन्तर्गत राईनासका विभिन्न क्षेत्रमा केण सभा तथा घरदैलो कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका निवर्तमान मुख्य मन्त्री पनि रहेका गुरुङले आँफुले लमजुङको विकास निर्माण र समृद्धिको बाटो खुलाई सकेको बताउनु भएको छ । अब आफू संघको उम्मेदवार बनेको र यी अधुरा रहेका अन्य कामका लागि आँफुले काम गर्ने बताउनु भएको छ ।

लमजुङमा नेपालडाँडा, तिनपिप्ले, बोराङखोला, विचौर सम्मको बाटो कालोपत्रे गर्ने र लमजुङका सबै वडामा केन्द्र सम्म जोड्ने बाटो निर्बाध रुपमा सँधै चल्न सक्ने बनाउने योजना आफ्नो हुँदा हुँदै गर्न नपाए पनि अबका पाँच बर्षमा यी सबै काम पूरा गर्ने पनि बताउनु भएको छ ।

फरक प्रशंगमा बोल्दै उहाँले व्यवस्था बदल्नु पर्छ भन्नेहरु पहिले आँफै सुध्रिएर आउनु पर्ने बताउनु भएको छ । राष्ट्रपति प्रणाली भएका राष्ट्रका हालत हेर्न पनि उहाँले आग्रह गर्नु भयो । आफू भष्ट्रचारमा लिप्त हुने अनि आँफै व्यवस्थालाई गालि गर्नेहरु सँग सचेत हुनु पर्ने पनि बताउनु भएको छ ।

यहि अवसरमा उहाँले राईनास ४ सातबिसेमा नेपाली काँग्रेस परित्याग गरि ५ जना नेकपा एमालेमा प्रवेश गराउनु भएको थियो ।

 

साभारः Sunaulopatrika

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.