Gorkha Sansar

महिला बास्केटबको उपाधि त्रिभुवन आर्मी क्लबलाई

अमरराज नहर्की

तनहुँ, कात्तिक २ गते।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यहाँ सञ्चालन भएको राष्ट्रिय महिला बास्केटबलको फाइनल खेल जितेर नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ। व्यास नगरपालिका १ हाइस्कुलटार स्थित निर्मल माध्यमिक विद्यालयको प्रांगणमा बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४५–३० अङ्कले हराउँदै बुधबार उपाधि चुमेको हो।

बास्केटबल प्रतियोगितामा च्याम्पियन हुन सफल त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय बास्केटबल सङ्घका सचिव फणिन्द्रमान श्रेष्ठले र जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, निर्मल माध्यमिक विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेतले संयुक्त रुपमा मेडल लगाइ ट्रफी प्रदान गर्नुभयो।

प्रतियोगितामा विजयी त्रिभुवन आर्मी क्लबका खेलाडीलाई जनही १५ हजार रुपैयाँ समेत उपलब्ध गराइएको थियो। प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम र ६ वटा प्रदेशका गरी ७ टिम बास्केटबल फुलकोर्ट र थ्रि एक्स थ्रि तर्फ ८ वटा गरेर १४ वटा टिमको सहभागिता रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.