आँबुखैरेनी, १ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थाई प्रहरी पोष्ट मुग्लिङ्ग पुलजिपको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा लमजुङ, बेशिसहर न.पा. वडा न. २ भुकुण्डे घर भएका वर्ष २५ को सन्देश धिताल लागुऔषध सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । विरगंन्जबाट लमजुङ तर्फ आउदै गरेको ना. ६ ख. ९०९७ को यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार धितालले आफ्नै कम्मरको भागमा लुकाई छिपाई ल्याएको नुफिन– ४४ एम्पुल, डाईजेपाम– ४४, एम्पुल र फेनरागन– ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल लागुऔषध बरामद गरेको छ । धिताललाई लागुऔषध मुद्धामा ६ दिन म्याद थप गरी अनुसन्धान कार्य गरिहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
थप समाचार
-
बुवाको संस्कारमा छोरीहरूको काँध, भिमबहादुर क्षेत्रीको जीवनले दिएको समानताको पाठ
गाेर्खा संसारAugust 7, 2025दमौली (तनहुँ), २२ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाढाबमा केही दिनयता एउटा दृश्यले धेरैको मन छोएको छ—कपाल खौरिएका टाउका, सेतो लुगा र मौन अनुहारमा बसेका दुई छोरीहरू २५ वर्... -
साउने सङ्क्रान्ति पर्व: प्राचीन परम्पराअनुसार मनाइँदै
गाेर्खा संसारJuly 17, 2025आज देशभर साउने सङ्क्रान्ति पर्व धूमधामसँग मनाइँदैछ। साउन महिनाको पहिलो दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायनको शुरुवात गर्दछ। यस दिनलाई विशेष महत्व दिँदै कृषक... -
असार १५ धान दिबस
गाेर्खा संसारJune 29, 2025असार १५ कुनै साधारण मिती होइन । यो नेपालीको मैलीक पर्ब सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । अनि, देशको खाद्य सुरक्षासँग जोडिएको कृषकको आत्मा हो । नेपाल कृषिप्रधा... -
पत्रकार शम्भुलाल श्रेष्ठमाथि विशेष अदालतको आदेशमा पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति
गोर्खा संसारJune 25, 2025पत्रकार शम्भुलाल श्रेष्ठमाथि विशेष अदालतको आदेशमा पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति काठमाडौं । वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठलाई विशेष अदालत... -
कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान
गोर्खा संसारJune 10, 2025पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरे... -
ओमकार योग आयुर्वेद गुरुकुलमा सञ्चालित महायज्ञ सम्पन्न
गोर्खा संसारJune 7, 2025गोर्खाको पालुङ्टार वडा नम्बर ७ च्याङ्ली चुदी घाट स्थित ओमकार योग आयुर्वेद गुरुकुल मा सञ्चालित महायज्ञ सम्पन्न भएको छ। गत वैशाख २९ गतेदेखि विविध कार्यक्रमका साथ गायत्री पुरस्चरण ...