आँबुखैरेनी, १ कार्तिक । आँबुखैरेनी गाउँपालिकाले टोल टोलमा गएर आर्थिक वर्ष ०७९/८० अन्तर्गत प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाले जेष्ठ नागरिक ७० वर्ष उमेर माथिका, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, बिधुवा, पूर्ण अपाङ्ग(क वर्ग) अति अशक्त(ख वर्ग) ५ वर्ष मुनिका दलित बालबालिकालाई टोल टोलमै गएर मंगलबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आँबुखैरेनी बजार सम्म आएर घण्टौं सम्म बैंकमा लाइनमा बसेर भत्ता लिनुपर्ने समस्या, बाध्यता लगाएतका थुप्रै असुविधा झेल्दै आएको र लाभग्राहीहरुको सेवा तथा सुविधाका लागि आँबुखैरेनी गाउँपालिकाको ६ वटैं वडाको टोल÷टोल गाउँ÷गाउँमै गएर प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यसै क्रममा आँबखैरेनी गाउँपालिकाले वडा नंं. ६ को वडा कार्यालय हिलेखर्क, पुर्लुङ्ग घालडाडाका लाभग्राहीहरुको लागि सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य शिविर गरेको छ । हिलेखर्क र पुर्लुङ्गमा १९१ जना सामाजिक सुरुक्षा भत्ता, १५० जनाले स्वास्थ्य सेवा, ७२ जनाले कृषि तथा पशुु सेवा अन्तर्गत सेवा लिएको वडा नंं. ६ का वडाध्यक्ष दिलिप गुरुङ्गले जानकारी दिनुभयो । यसरी गाउँपालिकाकाले आफ्नो गाउँ ठाउँमै आएर सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य सेवा दिएपछि स्थानीय खुसी भएका छन् । उक्त शिविरमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुृमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख गायत्री राज शर्मा, आँबुखैरेनी विकास बोर्डका अधिकृत किशोर सुवेदी, लेखा अधिकृत नारायण ढकाल, गाउँपालिका अध्यक्षका स्वकीय सचिव मनोज बास्तोला, सुचना अधिकारी निरज श्रेष्ठ, देउराली स्वास्थ्य चौंकी प्रमुख नगेन्द्र ठाकुर, डा. अविनाश कुमार रौंनियार, कृषि शाखा प्रमुख सन्तोष के.सी, पशु शाखाका डा. सन्तोष देवकोटा, स्वास्थ्य प्रयोगशाला प्रमुख अमृत पण्डीत लगाएतको सहभागितामा सामाजिक सुरुक्षा भत्ता वितरण सगैं कृषि, पशु तथा स्वास्थ्य शिविर गरिएको गाउँपालिकाले जानकारी दिएको छ । आगामी कार्तिक ६ गते सम्म १ देखि ६ वटैं वडाको विभिन्न स्थानमा गाउँपालिकाले विभिन्न बैंक मार्फत टोलटोलमा गएर प्रथम त्रौमिसिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्नेछ ।
थप समाचार
-
सांस्कृतिक झाँकी र अधिकारका मागसहित सम्पन्न भयो ३१औं आदिवासी दिवस
गाेर्खा संसारAugust 9, 2025काठमाडौं । २४ साउन । देशभरका आदिवासी जनजाति समुदायहरूले आज ३१औं अन्तर्राष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएका छन् । राजधानी काठमाडौंमा आयोजित मूल समारोहमा ... -
बडिमालिका मेलामा करिब ५ हजार भक्तजन, नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ७५० जनाले सेवा पाए
गाेर्खा संसारAugust 9, 2025बाजुरा, २४ साउन । बाजुराको बडिमालिका मेलामा यस वर्ष करिब ५ हजार भक्तजनको उपस्थितिसँगै नेपाली सेनाले निःशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ । ईश्वरीबक्स गुल्मले साउन २०... -
इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा दुईको मृत्यु
गाेर्खा संसारAugust 9, 2025सुनसरी, २४ साउन । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज बिहान बस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२... -
मोरङबाट फरार लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ
गाेर्खा संसारAugust 9, 2025विराटनगर, २४ साउन । मोरङको उर्लाबारीबाट शनिबार बिहान अस्पतालबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बूलाई झापा... -
धरानमा अविरल वर्षापछि पहिरो, स्थानीयको घरमा क्षति
गाेर्खा संसारAugust 8, 2025धरान, २३ साउन अविरल वर्षासँगै आएको पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–३ हृदयेन्द्र मार्गमा रहेको स्थानीय छजुङ भोटेको घरमा क्षति पुर्याएको छ । स्थानीयका अनुसार लगातारको वर्षापछ... -
उत्तराखण्डको बाढीपछि हराएका धादिङका चार जना सकुशल सम्पर्कमा
गाेर्खा संसारAugust 8, 2025भारतको उत्तराखण्डमा गत मंगलबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका धादिङका चार जना सकुशल परिवारको सम्पर्कमा आएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका ५३ वर्षीय लालबहादुर ताम...