Gorkha Sansar

प्रचण्ड र मेराे हैसियत बराबर – मियाँ

कार्तिक १, गाेरखा ।

गाेरखा क्षेत्र नं २ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका अब्दुस मियाँले निर्वाचन अायाेगमा उमेदवारी दिएपछि प्रचण्ड र अाफ्नाे हैसियत बराबर भएकाे बताउनुभएकाे छ ।

ने.क.पा. एमाले पालुङटार नगरपालिकाकाे बिस्तारित बैठकमा बाेल्दै उहाँले उक्त कुरा बताउनुभएकाे हाे  । अाजै पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा सम्पन्न भएकाे बैठकमा बाेल्दै अाफू गाेर्खाली भएकाे भन्दै गैर गाेरखालीकाे रूपमा उमेदवार बनेका ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ जिताउनुभन्दा गाेरखालीलाइ नै जिताउनुपर्ने बताउनुभयाे ।

नगर कमिटीका उपाध्यक्ष दिपक अधिकारीकाे सभापतित्वमा बैठकमा नेकपा एमाले गण्डकी प्रदेश समितिका सचिवालय सदस्य बाबुराम थापा प्रमुख अतिथिकाे रूपमा बाेल्दै अागामी निर्वाचनमा अाफ्ना उमेदवारलाइ जिताउनुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

साे कार्यक्रममा गण्डकी प्रदेश सदस्यपार्वती पाठक, कमल दानी, हरि भट्ट,अाेम बहादुर बराकाेटी, नगर कमिटीका रमेश कंडेल, अमृत काराखेती, टिकाराम नेपाली, प्रदेश सभाका उम्मेदवार राजु थापा लगायतकाले मन्तव्य राखेका थिए ।

गाेरखा क्षेत्र नं २ बाट प्रतिनिधी सभाका लागि ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग प्रतिस्पर्धाका लागि ने.क.पा. एमालेका तर्फबाट अब्दुस मियाँ, राष्टिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकाेटी, नेमकिपा बाट प्रल्हाद लामिछाने, राप्रपा नेपालका कुल बहादुर बस्नेत, राप्रपा बाट शुशिल पन्त र काँग्रेस बिपी बाट टिकादत्त पाेखरेलकाे उमेदवारी रहेकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.