Gorkha Sansar

गोरखाका प्रकाशबाबु थापालाई ‘अन्तराष्ट्रिय युवा नेतृत्व अवार्ड’

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ को तेस्रो संस्करण हालै बुर दुबईमा सम्पन्न भएको छ।

सिजन मिडियाद्वारा आयोजित अवार्ड समारोहमा एसियन मुकुलका बिभिन्न देशहरुबाट लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उत्कृष्ट सहभागीता रहेको थियो। नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, फिलिपिन्स, युएई, लगायतका मुलुकहरुबाट जम्मा ४१ जना ब्यक्तित्वहरुले बिभिन्न बिधा अन्तर्गत रहेर उक्त अवार्ड हात पारेका छन् ।

यस बर्ष ‘अन्तराष्ट्रिय युवा नेतृत्व अवार्ड’ बाट भने गोरखाका प्रकाश बाबु थापा (प्रकाशपुन्ज) बिभुषित भए।

लामो समयदेखि नेतृत्व बिकास सम्बन्धि कामहरुमा सक्रिय रहेका युवा ब्यक्तिव प्रकाश बाबु थापाले मित्रराष्ट्र भारतबाट पहिलो पटक सन् २००१ मा अन्तराष्ट्रिय नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न गरेका थिए भने संयुक्त राज्य अमेरिका र क्यानडाबाट ३ बर्षको कोर्स पुरा गरी बिशेष नेतृत्व दक्षता हाँसिल गरेका थिए।

साथै जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्युजिल्याण्ड, थाईलैण्ड, फिलिपिन्स लगायताका ३० भन्दा बढी मुलुकहरुको भ्रमण गरी हजारौं युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकासमा अतुलनीय युगदान दिएका छन् ।

२०७२ को महाभुकम्पका बेला होस् या कोरोनाको बेला होस् थुप्रै युवाहरुलाई परिचालन गरी बिभिन्न संघ / संस्थाहरुको माध्यमबाट सहयोग जुटाई स्वास्थ्य शिविर र बिध्यालय पुन: निर्माणमा बिशेष भुमिका निर्बाह गरेका थिए।

कार्यक्रममा भारतीय जनता पार्टीका बरिष्ठ नेता बिजय जोलीको प्रमुख आतिथ्यता, पुर्वमन्त्री एकनाथ ढकाल तथा शिक्षाविद् डा. रोबर्ट किटेल ( अमेरिका) को बिशेष आतिथ्यमा सम्पन्न भएको थियो।

दराैंदीबाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.