Gorkha Sansar

गाेरखाा १४ जना जेष्ठ नागरिकहरु सम्मानित

गोरखा, १५ असोज :

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक संघ गोरखाले १४ जना जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको छ । जेष्ठ नागरिक संघ गोरखाको आयोजनामा तथा सामाजिक बिकास कार्यालय गोरखाको समन्वयमा आज सदरमुकामा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

संघले जेष्ठ नागरिक९२ बर्षका पदमजंग मल्ल, ८४ बर्षका राधेश्याम मास्के, ८१ बर्षकी बिष्णुमाया सिर्मल, ८३ बर्षका होमबहादुर बस्नेत र ८५ बर्षका मानबहादुर अधिकारीलाई दोसल्ला ओडाएर सम्मान गरेको उहाँले बताउनुभयो । त्यस्तै ९२ बर्षका नेत्रबहादुर अधिकारी, ८७ बर्षकी मिठुमाया आचार्य, ९२ बर्षकी श्रीमाया आले, ८३ बर्षकी ईन्द्रकुमारी खत्री, ८१ बर्षकी बिष्णुकुमारी बस्नेत, ८० बर्षकी तनकुमारी भट्टराई, ९२ बर्षका लालमान श्रेष्ठ, ८७ बर्षकी दिलकुमारी श्रेष्ठ, र ८५ बर्षका कृष्णबहादुर अधिकारीलाई सम्मान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मानित हुने सवैलाई नगद पुरस्कार समेत प्रदान गरिएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, प्रहरी उपरिक्षक केदार खनालका लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका केन्द्रीय सदस्य तंथा गोरखा जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.