तनहुँको आँबुखैरनी गाउँपालिका–२, स्थित मार्किचोक युवा क्लबको आयोजनामा आजबाट दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सुरु भएको छ । दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिताको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । आयोजक मार्किचोक युवा क्लबका अध्यक्ष दिवश थापा मगरको सभापत्विमा सुरु भएको प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिका विकास बोर्ड अधिकृत किशोर सुवेदी, वडा नं. २ का वडाध्यक्ष आश बहादुर गुरुङ्ग, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका हवल्दार लेख बहादुर थापा, आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य भुवन बि.क, आँबुखैरेनी रंगशाला निर्माण समितीका अध्यक्ष हिक्मत गुरुङ्ग, .मार्किचोक युवा क्लबका सदस्य तथा समाजसेवी सुजन गुरुङ्ग लगाएतको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत उद्घाटनका दिन आज ३ खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा सनराईज युथ क्लबले आयोजक मार्किचोक युवा क्लब बीलाई टाई ब्रेकरमा २–१ गोल अन्तरले हराएको छ । यस्तै, आजको दोस्रो खेलमा टि. जी. ओ. क्लबले न्यू स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यसैगरी, आजको तेस्रो तथा अन्तिम खेलमा चाम्बास क्लबले छिर्कन क्लबलाई ३–० गोल अन्तरले पाखा लगाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ सय रुपैंया र द्धितीय हुने टिमले नगद ५० हजार रुपैंया प्राप्त गर्ने छन् । आगामी असोज १५ गते सम्म चल्ने प्रतियोगितामा २५ टिमको सहभागिता रहेको छ ।
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
