Gorkha Sansar

शहीद लखन गाउँपालिकामा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

गोरखा, ६ असोज ।

गोरखाको शहीद लखन गाउँपालिकाले वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९ /०८० मा वडा भित्र सञ्चालन हुने बिकासका योजनाहरुको प्रभावकारी कार्यान्व्यनका लागी उपभोक्ता समितिका समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

अभिमुखीकरण तालिममा योजना सम्झौतादेखि भुक्तानी प्रक्रियासम्म उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराइएको अध्यक्ष थापामगरले बताउनुभयो । “चालु आर्थिक बर्षका योजनाहरुलाई समयमा सम्झौता गरेर समयमा नै निर्माण सम्पन्न गर्ने योजना गाउँपालिकाको छ, उहाँले भन्नुभयो, “योजनाको पूर्ण कार्यान्वयन, पारर्दशिता तथा मापदण्ड अनुसारको काम गराउनका लागी पनि यस्ता खालका अभिमुखीकरण तालिम दिनु आबश्यक छ ।”

कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । अभिमुखीकरण तालिममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, योजना शाखा प्रमुख इन्जिनियर राजन रानाभाट, वडाका जनप्रतिनिधिहरु, वडाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

 

गाउँपालिकाले चालु आर्थिक बर्षमा १५ लाख ५० हजार रुपैया सम्मको योजना उपभोक्ता समिति मार्फत गर्ने र त्यस भन्दामाथिका योजना ठेक्का मार्फत गर्ने निर्णय गरेको छ । उपभोक्ता समिति मार्फत गर्ने योजनाहरुमा ५ लाखसम्म रुपैया सम्मका योजनामा उपभोक्ता समितिले १० प्रतिसत श्रमदान गर्नुपर्ने र ५ लाख देखिमाथिका योजनामा उपभोक्ताले ५ प्रतिसत रकम साझेदारी तथा ५ प्रतिसत श्रमदान गर्नुपर्ने नीति अबलम्बन गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.