Gorkha Sansar

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रीय परिषद बैठक

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको केन्द्रीय परिषद बैठक (नियमित साधारणसभा) आज मिति २०७९ असोज ३ गते, काठमाडौमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न सभाबाट आ. व. २०७८/०७९ को वार्षिक गतिविधि, लेखापरीक्षण प्रतिवेदन, आर्थिक प्रतिवेदन, आ. व. २०७९/०८० को लागि अनुमानि बजेट र कार्यक्रम समेत पारित गरेको छ ।
सभामा अध्यक्ष भवानी प्रसाद खरेल, महासचिव हरिचन्द्र भट्टराई, उपमहासचिव घमान तामाङ, कोषाध्यक्ष श्रीमती सोनाम शेर्पा, केन्द्रीय सदस्यहरु नवराज न्यौपाने, अनुराधा जोशी, प्रदिप श्रेष्ठ, केन्द्रीय परिषद सदस्यहरु बिनोद कुमार भट्टराई, कुमारी बाठामगर, इन्दिरा चुडाल खरेल, प्रमोद कुमार अग्रवाल, आलोक रौनियार, राम महर्जन, बेदराज ढुंगाना, मिलन प्रसाद न्यौपाने, अनवर आलम अन्सारी, काठमाडौ सभापति सन्तोष पन्त, बौद्ध सभापति पासाङ तामाङ, भक्तपुर सभापति डा. राजेन्द्र कोजु, दाङ सभापति बिनोद कुमार श्रेष्ठ, सुदुरपश्चिम संयोजक केशब भट्ट, आजीवन सदस्य रामधन श्रेष्ठ लगायतले बिचार राख्नु भएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.