Gorkha Sansar

इश्वर सिंह र आशा विसीको आवाजमा नयाँ पन्चेबाजा गित ‘आबुखैरेनी’ बजारमा (भिडियोसहित)

कविराज ढकाल, काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेकि गायक हुन् इश्वर सिंह । विशेषगरी मौलिक लोक तथा दोहोरी गीत गाउन एवम् सृर्जना गर्न रुचाउने इश्वर पछिल्लो समय अझ बढी गीत संगीतमा सक्रिय छन् । उनी नेपाली लोक संगितको क्षेत्रमा मौलिकताले भरिपुर्ण गायक एवम् सर्जक हुन् ।

गीतको नाममा पछिल्लो समय धेरै गितहरुमा अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा सिंह भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायक तथा सर्जकको रुपमा परिचित भएका छन् ।

सर्जक एवम् गायक सिंहको लय रचनामा भने निकै दम हुने गरेको पाईन्छ । यो भन्दा अगाडी सार्वजनिक भएका प्रायजसो गीतले बजारमा निकै चर्चा पाईसकेको छ । हरेक स्तरका गित सृजना गर्न माहिर कोईरेला बुढा बृद्ध,युवा देखि बालबालिकासम्म निकै नै प्रभावित हुने गरेका छन् । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको हुन्छ । केही समय अगाडी बजारमा आएको मौलिक पन्चेबाजा गित ‘शिरफुल शिरको’ सर्वाधिक चर्चा रह्यो, युटुवदेखी टिकटकसम्म हिट भएको गितमा इश्वर सिंहको लय रचना संगै आवाज सजिएको थियो भने उनलाई शान्ता रानी परियारले गायनमा साथ दिएकी थिईन भने गितमा रविन लामिछानेले शब्द कोरेका थिए ।

यसो त पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै विच इश्वर सिंहकै नयाँ पन्चेबाजा गित ‘आबुखैरेनि’ डिजिटल बजारमा भखरै रहेको छ । गीतमा इश्वर सिंह र आशा विसीले आवाज भरेका छन् भने गीतको शब्द सृर्जना गितकार शिव अखेली अनि संगीत सिंहकै रहेको छ ।

भिडियोमा तुलविर थापा र आयुष्मा केसीको फिचरिंग रहेको छ । होम गुरुड निर्देशनमा रहेको भिडियोलाई आकर्षक फ्रेममा राम केसीले खिचेका छन् । भिडियोलाई अमृत चापागाँईले सम्पादन गरेका छन् । Ishwor Shing कै अफिसियल युटुवमार्फत गित संसारभर रिलिज गरिएको छ, गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि :

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.