Gorkha Sansar

प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस

आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने पक्का पक्की भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस भएको हो । अञ्चल शाही गीतकार, हट गजलकार र समाजसेबी ब्यक्ती पनि हुन् । उनी हालः राष्ट्रिय लोेक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीका अध्यक्ष समेत हुन् ।

अञ्चल शाहीले आफुलाई अमुल्य मत दिई बिजयी गराउन बागलुङबासीहरुलाई अनुरोध गरेका छन् । बिजय भए पश्चात बागलुङ जिल्लालाई थप विकाश गरी कायापलट नै गर्ने उनको योजना रहेको बताए । अञ्चल शाहीलाई जितको लागी अग्रिम शुभकामना ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.