आँबुखैरेनी,१६ भदौ । दोस्रो आँबुखैरेनी साँस्कृतिक महोत्सव-२०७९ मुल समारोह समितिका संयोजक अभियान श्रेष्ठले विभिन्न रोगका कारण उपचारमा आर्थिक समस्या परेका व्यक्तिहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । श्रेष्ठले महोत्सवमा एक कार्यक्रमका बीच आँबुखैरेनी-३ स्थित विगत २ बर्ष देखि ब्रेन ट्युमर बिरामी सगिना गुरुङको थप उपचारका लागि १५ हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । यस्तै, युवा व्यवसायी तथा मिलन समाज युवा क्लबका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले आँबुखैरेनी-३ स्थित विगत १ बर्ष देखि दुबै मृगौला फेल भएका निराजन दर्लामीको थप उपचारका लागि १५ हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । यसैगरी, इच्छाकामना गाउँपालिका निवासी कलेजोका बिरामी पुर्ण बहादुर गुरुङलाई १५ हजार आर्थिक सहयोग गरिएको हो । त्यसैगरी, आँबुखैरेनी-६ स्थित विगत ३ बर्ष देखि क्यान्सरका बिरामी यम बहादुर थापा र आँबुखैरेनी-६ स्थित दुबै मृगौला फेल भएका टक बहादुर गुरुङको थप उपचारका लागि १५/१५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आर्थिक अभावका कारण उपचार नपाएका बिरामी, दिन दु:खी तथा समस्यामा परेकालाई सक्दो सहयोग गर्ने र कोहि कसैलाई सहयोग चाहिएमा सम्पर्क गर्न श्रेष्ठले सबैसँग आग्रह गर्नुभएको छ ।
थप समाचार
-
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान
गोर्खा संसारMarch 11, 2026काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिश... -
गोरखामा ३३३ मतदान केन्द्रमा तयारी पूराः सिटीहलमा महिला मात्र परिचालन
गोर्खा संसारMarch 4, 2026फागुन २० गते गोरखा जिल्लाभरि कुल ३३१ स्थायी र दुई अस्थायी मतदान केन्द्र गरी ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी आफ्नो मतदान केन्द्रमा पुगेर हिजो नै सर्वदलीय बैठक सम्पन्न गरी आज बुथ ... -
नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल प्रा.लि.
गोर्खा संसारFebruary 25, 2026क्षितिज विक्रम खनाल Tiger Forest Hotel Pvt. Ltd. ले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसायलाई विस्तार गरेको छ। तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको Tiger Palace b... -
पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय
गोर्खा संसारFebruary 23, 2026पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय दमौली, १० फागुन । नेपाल पत्रकार महासङ्घ तनहुँले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ । शाखा अध... -
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
गोर्खा संसारFebruary 16, 2026काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवेदन लुकाउने, ढिलाइ गर्ने र राजनीतिक सौदाबाजीको साधन बनाउने प्रवृत्ति अ... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज...
