Gorkha Sansar

म्याग्दीमा तीजको बेला चर्चित कलाकारहरु टीका सानु, राम गगन बिश्वकर्मा, निरा छन्त्यालको विशेष प्रस्तुति रहने

महिलाहरुको महान चाड हरितालिका तीज २०७९ को पावन अवसरमा भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” हुने भएको छ । यस कार्यक्रम बेनी नगरपालिका वडा नं. २, ज्यामरुककोट, भकुन्डेमा हुँदै छ । भदौ १३ गतेका दिन खेलकुद कार्यक्रम हुनेछ भने १४ गते तीजको दिन बृहत साँस्कृतिक कार्यक्रम हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु टिका सानु, राम गगन बिश्वकर्मा, निरा छन्त्याल लगायत स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहने छ । खेलकुद प्रतियोगितामा ज्यामरुककोट साविक वडा स्तरिय तर्फ प्रथम पुरस्कार ६६६६ रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ३३३३ रुपैया, मेडल र प्रमाण पत्र रहेको छ । खुल्ला गाँउ तथा नगरपालिका वडा स्तरिय पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ४०,४४० रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २२, २२० रुपैया, मेडल र प्रमाण पत्र तोकिएको छ । प्रथम पुरस्कार प्रायोजन सेवा नेपालका निर्देशक राम प्रसाद शर्माले गरेका छन् ।

त्यस्तै पुरुष छेलो तर्फ ४००० रुपैया, खादा र प्रमाण पत्र, नारी तीज प्रतियोगिता तर्फ प्रथम पुरस्कार ४००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार २५०० रुपैया प्रमाण पत्र, तृतिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र, खुल्ला नारी तीज गीत नृत्य प्रतियोगिता तर्फ प्रथम पुरुष पुरस्कार ३००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र रहेको छ ।

थप जानकारीको लागी क्लव अध्यक्ष ईन्द्र ब. घिमिरे (ईश्वर) ९८६९६८३६२५, मेला संयोजक सोम बहादुर घिमिरे (सलन) ९८०५१७४६२४, खेलकुद संयोजक राजु परयार ९८२०६३१२१९ मा सम्पर्क सकिने छ ।

https://youtu.be/I81NXhHz2QM

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.