Gorkha Sansar

कुमाल राष्ट्रिय मुक्तिमोर्चा गण्डकी प्रदेशकाे प्रथम भेला सम्पन्न : हाेम बहादुर कुमालकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन

कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे प्रथम गण्डकी प्रदेश स्तरीय भेला अाज गाेरखाकाे पालुङटारमा सम्पन्न भएकाे छ । भेलामा नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य एवं संघीय सांसद शुरेस अाले मगर प्रमुख अतिथिकाे रूपमा रहनुभएकाे थियाे । त्यस्तै गरी माेर्चाका हाेम बहादुर कुमालकाे सभापतित्वमा सम्पन्न भेलामा सविन कुमालले स्वागत गर्नुभएको थियाे । भेलामा कुमाल राष्ट्रिय मुक्तिमोर्चाका संयाेजक कञ्चन कुमाल, नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य खाेप बहादुर कंडेल, जनजाती माेर्चाका ईन्चार्ज अमर तमु, पालुङटार नगरपालिकाका प्रमुख बिबश चिन्तन, उपप्रमुख बन्दना पाण्डे लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।                              भेलाले हाेम बहादुर कुमालकाे अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा मन बहादुर कुमाल, महिला उपाध्यक्षमा मिरा कुमाल सचिव महेश कुमाल,सह सचिव पदम कुमाल, काेषाध्यक्ष राजकुमार कुमाल रहेका छन । त्यस्तै समितिकाे सदस्यहरूमा किसान कुमाल, शर्मिला कुमाल, सुरज सागर कुमाल, अर्जुन कुमाल, सुर्यलाल कुमाल, प्रेम कुमाल, नरेन्द्र कुमाल,राधिका कुमाल,बबिता कुमाल, देवीलाल कुमाल,माेतीशरा कुमाल, जानकि कुमाल,मेख बहादुर कुमाल,बिनाेद कुमाल,र टाेप बहादुर कुमाल रहेका छन । नवनिर्वाचित पदाधिकारीकाे अाजै बसेकाे पहिलाे बैठकले अागामी असाेज ६ र ७ गते पालुङटार नगरपालिका वडा नं ७ च्याङली मा गर्ने निर्णय गरेकाे छ ।                                                             भेलामा गण्डकी प्रदेशका बिभिन्न ८ जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.