Gorkha Sansar

‘भाग्यमानी छोरी’ भन्दै आईन सुष्मा ठकुरी

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायिका सुस्मा ठकुरीको आवाजमा रहेको नयाँ तिज गित ‘भाग्यमानी छोरी’ डिजिटल बजारमा सार्वजनिक भएको छ । गितमा गायिका ठकुरीकै उत्कृष्ट शब्द सृर्जना एवम् सुनिल विश्वकर्माको लय रचना रहेको छ । गितमा विष्णु तामाङको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा पारिवारिक घटनामा आधारित यथार्थ विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । प्रकाश कंडेलको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा अनु पराजुली, सुष्मा ठकुरी, ममता राना लगायत थुप्रै कलाकारहरुको अभिनय संगै फिचरिङ्ग रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुशिल डांगीले छांयाकन एवम् सम्पादन गरेका छन् ।

गित Sushma Thakuri अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.