Gorkha Sansar

“राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” मा अग्रज श्रस्टा र पत्रकार सम्मानित

“संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रस्टा रहन्छ” बन्ने मुल नारा सहित सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९ काठमाडौं स्थित राष्ट्रिय नाच घर जमलमा भब्य रुपमा सफल भएको छ ।

यस प्रतियोगितामा सिन्धुली कला घर प्रथम, आठ मार्च सशक्तिकरण महिला नौमती बाजा समूह द्वितीय, लोक साँस्कृतिक महिला नौमती बाजा समूह तृतीय, सिर्जनशिल महिला नौमती बाजा समूह सान्त्वना हुन सफल भएका थिए भने अनुशासित समूह तर्फ सिर्खाली महिला पञ्चेबाजा समूह, उत्कृष्ट भेषभुषा तर्फ लिग लिग महिला नौमती बाजा समूह, प्रोत्साहन पुरस्कार तर्फ सुभारम्भ उधमी महिला समूह र मनाेरञ्जन नौमती बाजा समूह पर्न सफल भएका थिए ।

राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९”  मा सहयात्रा नेपालकी अध्यक्ष मिना बज्राचार्यको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन आवाज ईन्टरनेशनलका अध्यक्ष शशी शर्मा मजगैयाले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । कार्यक्रममा सहयात्रा नेपालका संस्थापक अध्यक्ष  दुर्गा रायमाझीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम निर्देशक चन्द्र शर्माले प्रतियोगिताका नियमहरु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा निर्णायकहरु वरिष्ठ सहनाईबादक बल बहादुर जैरु, चर्चित एरेन्जर आशिष अबिरल, तेजिन्द्र गुरुङ, जोगेन्द्र केसि, दुर्गा रायमाझी लगायत अन्य रहेका थिए । कार्यक्रममा अग्रज कलाकार, चर्चित कलाकार, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा पुरस्कारहरू प्रथम पुरस्कार रु. ५५,५५५/- , द्वितीय पुरस्कार रू. ३३,३३३/- , तृतीय पुरस्कार रू. २२,२२२/- , सान्त्वना पुरस्कार रु.१५,०००/- , उत्कृष्ट समुह रू.१०,०००/- , अनुशासित समुह रू.१०,०००/- , उत्कृष्ट भेषभुषा रू.१०,०००/- तोकिएको थियो ।

यस कार्यक्रममा राष्ट्रिय नारी सम्मान – २०७९, खेलकुद, सञ्चार, समाजसेवा, राजनीति, स्वास्थ्य, शिक्षा, कलाकारितामा योग्दान पुर्‍याएका महिलाहरुलाई पनि सम्मान गरिएको थियो । साथै उत्कृष्ट महिला समुहलाई भाद्र १० गते ईन्द्रेणी स्टुडियोमा छायांकन गराउने कुरा पनि कार्यक्रम निर्देशक चन्द्र शर्माले जानकारी गराए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.