Gorkha Sansar

पालुङटार नगरपालिकाकाे आ.व. २०७८/०७९ काे वार्षिक समीक्षा गोष्ठी  सुरु

भाद्र ७, गाेरखा ।

पालुङटार नगरपालिकाकाे आ.व. २०७८/०७९ काे वार्षिक समीक्षा गोष्ठी  सुरु भएको छ ।

पालुङटार नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रममा कार्यक्रमको सभापतित्व पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले गर्नु भएको छ ।     

पालुङटार नगरपालिकाकि नगर उप प्रमुख बन्दना पाण्डेले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पार्नु भएको कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु, सबै वडा अध्यक्षहरु, सम्बन्धित शाखाका प्रमुख, कार्यलयका कर्मचारीहरु, सबै वडा सचिव तथा गैरसरकारी संस्था लगाएतको अपस्थितीमा भएको कार्यक्रममा सबै वडाको बार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम भई रहेको छ ।

कार्यक्रममा सबै शाखा प्रमुखहरुले आ आफ्नो शाखाको प्रगती समिक्षा राखेका थिए । राजनितिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरुले कर्मचारीहरुलाई निश्पक्ष भएर काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रमकाे संञ्चालन पालुङटार नगरपालिकाका योजना अधिकृत दिपेन्द्र अर्यालले गर्नु भएको थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.