Gorkha Sansar

अर्जुन सापकोटा र सम्झना भण्डारीको सुमधुर आवाजमा कृष्ण बस्यालको तीज गीत ‘बस्याइ स्याइ’ बजारमा

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित युवा सर्जक कृष्ण बस्यालको नयाँ तीज गीत रिलिज भएको छ। बुधबार रिलिज ‘स्याइ स्याइ’ बोलको गीतमा कृष्णका उत्कृष्ट शब्द छन् । लोकप्रिय गायक अर्जुन सापकोटा र सम्झना भण्डारीको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ।

गीतमा अर्जुनकै संगीत छ। कृष्णले यस् वर्ष तीजको लागि सृजना गरेका गीतहरू मध्ये यो गीत तेस्रो हो। यस अघिका दुई तीज गीतमा अब्बल शब्द कोरिसकेका कृष्णले यस् गीतमा पनि आफ्नो अब्बलता देखाएका छन् । गीतको मेलोडी पनि भिन्न छ।

त्यसो त, गीतको भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा अर्जुन सापकोटा र अलिषा बास्तोलाको आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमाले’ निर्देशन गरेकी हुन् ।

सुरेश श्रेष्ठ भिडियोका सिनेम्याटोग्राफर हुन् भने प्रकाश धमलाले भिडियोको सम्पादन गरेका हुन् । यो गीतका प्रस्तुतकर्ता पनि कृष्ण नै हुन् । कृष्णले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् ।

भिडियो..

यो पनिः

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.