Gorkha Sansar

बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर बाटाे निर्माण, बिद्यालय जान अब सहज हुने

पालुङ्टार, गाेरखा ।
 अविरल वर्षातका कारण चुक्ती खाेलामा आएकाे बाढिका कारण पुल बगाएपछि यस क्षेत्रका नागरिकहरु जाेखिम माेलेर चुक्ती खाेला तर्न बाध्य थिए । नियमित विद्यालय जाने विद्यार्थिहरु झनै मर्कामा परेका थिए । कसैले खाेला तारिदिए विद्यालय जाने, अन्यथा घरमा नै बस्न बाध्य थिए । याे अवस्थालाइ नजिकबाट नियाली रहेका पालुङ्टारका मेयर विवस चिन्तनले शनिबार आफ्नाे उपस्थितिमा खाेलामा हेम पाइप राखेर बाटाे निर्माण गराउनु भएकाे छ।
चुक्ति खाेला तर्नका लागि अव सजिलाे भएकाे स्थानीय रामचन्द्र सेढाइँले बताए । उपल्लाे शेरा, सिस्नेरी हुँदै शेरा सडकमा आउन सजिलाे भएकाे वडा नम्बर ९ का  अध्यक्ष भेजराज पाण्डेकाे भनाइ छ । यस अघि बाटाे समस्याका कारण वर्षातसँग विद्यालयकाे पठनपाठन बन्द गर्नु परेकाे थियाे ।
कल्वट राखेर बाटाे निर्माण गरिएसँगै त्रिवेणी माध्यमिक विद्यालयमा पढ्न आउने बालबालिकाहरु र स्थानीय नागरिकहरुलाइ सहज भएकाे वडा अध्यक्ष पाण्डेले बताउनुभयाे  ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.