Gorkha Sansar

बारपाक सुलिकोट गाउँपालिकाको २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

गोरखा, १० असार ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बिभिन्न ६ वटा आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा किटान गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बारपाक ढल निकास आयोजना, ध्याम्पेसाल देउराली, ताकुकोट सडक, ताकुकोट स्वाँरा, सौरपानी बारपाक सडक खण्ड, शहिद प्रेम ढकाल स्मृति अस्पताल, शहिद आशकाजी स्मृति रङशाला र शहिद दिलबहादुर रम्तेल स्मृति पार्क योजनालाई गाउँपालिकाको गौरवको योजनाको रुपमा अघि सार्नुभएको हो ।

गाउपालिकाले सेवा नागरिकहरुलाई प्रदान गरिने सेवा प्रवाहलाई छिटो र छरितो र झन्झट रहित बनाउन ‘सेवा लिन घरघरबाट, सरकारी काम प्रबिधिबाट’ भन्ने नारा अघि सारेर गाउँपालिकालाई प्रबिधि मैत्री गाउँपालिका निर्माण गरि एकिकृत सफ्टवेयरबाट कर प्रणाली,  बजार निगरानी, नक्सा डिजिटलाइजेसन, योजना सम्झौता गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

अध्यक्ष भट्टले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा पालिकाभित्र घुम्ती अल्ट्रासाउन सेवा उपलब्ध गराई गर्भवती महिलालाई गाउँघरमा नै सेवा उपलब्ध गराउने, मानसिक र दीर्ध रोगीलाई निशुल्क रुपमा औषधी प्रदान गर्ने व्यवस्था मिलाइने, सामुदायिक स्वास्थ्य इकाईको बिस्तार गरि स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्ने घोषणा गर्नुभयो ।

पालिका पालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर बिस्तार गरि गर्भवती महिलाहरुको शुन्य होम हेलिभरी नीति लिने अध्यक्ष भट्टले घोषणा गर्नुभयो ।

त्यस्तै श्रम सहकारी मार्फत कामका लागि खाद्यान्य वा स्थानीय बिकास निर्माणका काममा श्रमको प्रयोग गरिने गाउँपालिको आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा १० बर्षे महान जनयुद्ध र जनआन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहिदहरुको स्मृति र सम्मानमा हुने बिशेष कार्यक्रम सञ्चालन गर्ने तथा शहिदका नामबाट पार्क स्तम्भ खडा गरि इतिहासको संरक्षण गर्ने घोषणा गरिएको छ ।

युवा उद्यम बिकास कार्यक्रम सञ्चालन गरी एक टोल एक युवा उद्यम समुह निर्माण गरि लगानी गर्ने, युवाहरुलाई सक्षम सवल र श्रम बजारमा स्वरोजगार हुने किसिमका तालिमहरुको व्यवस्था गरिने तथा एक वडा एक खेल मैदान निर्माण गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.