Gorkha Sansar

सवारी साधनबाट प्रेशर हर्न निकालेर पच्चिस हजार पाँच सय रुपैयाँ राजस्व संकलन

गाेरखा ।

अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने सवारी साधनबाट टूाफिक प्रहरीले प्रेसर हर्न बरामद गरेको छ ।

जिल्लाका विभिन्न ठाउँहरुमा चेकजाँच गर्दा फेला परेका ९५ वटा बस तथा टूकहरुमा सवारी मापदण्ड विपरीत राखिएका प्रेसर हर्न टूाफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । साथै अन्य प्रकृतिका टूाफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारवाहरी गरी पच्चिस हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

साथै सवारी मापदण्ड विपरीत (प्रेसर हर्न राख्ने, अनावश्यक लाईटहरु राख्ने, अतिरिक्त सिटहरु राख्ने लगायतका कार्यहरु सवारी साधन संचालन गरेको पाईएमा ट्राफिक नियम बमोजिम कडा कारवाही गर्ने भनी सचेत गराइएको उनले बताए ।

गोरखा बजार तथा ग्रामीण क्षेत्रमा गुड्ने कतिपय सवारी साधनहरुले अस्वभाविक रुपमा जनमानसको स्वास्थ्यमा असर पर्ने गरी प्रेसर हर्न राखी बजाउने गरेको जन गुनासो बढ्दै गएकाले सवारी दुर्घटना न्युनिकरण गर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने तथा जनचेतना फैलाउने उद्देश्यले प्रहरी निरीक्षकको कमाण्डमा नियन्त्रण अभियान सञ्चालन गरिएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.