Gorkha Sansar

बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएकी विकको शव शनिबार बिहान फेला

दमौली, २८ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका— १० स्थित बामताङ खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा शुक्लागण्डकी— १० कुखुरेखोला बस्ने ५० वर्षीय यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएकी विकको शव शनिबार बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भयो।

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको उहाँले बताउनु भयो। रासस

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.