Gorkha Sansar

प्रहरी हवल्दार महेन्द्र राम्जाली बैशाख महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

गोरखा, २६ जेठ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले गत बैशाख महिनाको उत्कृष्ट प्रहरी कर्मचारीमा प्रहरी हवल्दार महेन्द्र राम्जालीलाई घोषित गरेको छ । कार्यालयले प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने गरेकोमा बैशाख महिनामा उत्कृष्ठ कार्य गर्ने प्रहरी हवल्दार राम्जालीलाई पुरस्कृत गरेको हो ।

उहाँले स्थानीय तहको निर्वाचन २०७९ अन्र्तगत निर्वाचनको प्रारम्भिक चरणदेखि नै निर्वाचन सेलमा रही म्यादी प्रहरी छनौट, परिचालन एवंम बिभिन्न कार्यालयबाट थप मद्दत स्वरुप खटिई आएका कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गरेको कार्यालयले जनाएको छ ।

साथै निर्वाचन सम्बन्धी अभिलेखलाई दुरुस्त राख्ने एवंम तालुक कार्यालयहरुसंग समन्वय गरी तोकिएको समयमा जाहेर गर्ने लगायतका जिम्मेवारीहरुलाई त्रुटि रहित तवरले काम गरेको भन्दै हवल्दार राम्जालीलाई कार्यालयले पुरस्कृत गरेको हो ।

कार्यालयले दिएको शाखाको जिम्मेवारी समेत इमान्दारिता, बफादारिताका साथ बिभागिय नीति निर्देशदन अनुरुप उहाँले कुशलताका पूर्वक कार्य सम्पादन गरेको कार्यालयले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.