Gorkha Sansar

बागी उमेदवारी दिएका नेपाली कांग्रेसका ६ जना अब पार्टीकाे साधारण समेत रहेनन

गोरखा, २४ गोरखा ।

नेपाली काँग्रेस गोरखाले पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध बागी उठेका ६ जनालाई कारबाही गरेको जनाएको छ । काँग्रेस गोरखाले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो।

शनिबार जिल्ला अनुशासन समितीका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ती जारी गर्दै पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध बागी उठेका उमेद्वारलाई निष्कासन गरेको बताएका हुन् ।

कारवाहीमा पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद सोडारी, वडा नम्वर १० का अमर धिताल र सरस्वती भारती, आरुघाट गाऊँपालिका वडा नम्वर ७ का रणबहादुर बराम, वडा नम्वर ८ का बेदप्रसाद ढकाल र वारपाक सुलिकोट गाऊँपालिका वडा नम्वर ५ का गोविन्द भट्ट रहेका छन् ।

उनीहरु सबैलाई पार्टीको विधानमा भएको ब्यवस्था अनुसार ५ वर्षसम्म साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताउनुभयो । काँग्रेसको आधिकारिक उम्मेद्वारविरुद्ध पालिका अध्यक्षमा बागी उठेका २ जनाले भने मनोनयन फिर्ता लिने अवधीभित्र उम्मेद्वारी फिर्ता लिइसकेका छन् ।

वडा सदस्य पदमा बागी उम्मेद्वारी दिएकाहरुको विवरण सम्बन्धित पालिका कार्यसमितिले संकलन गरेको उहाँले जानकारी दिनुभयो । काँग्रेसले बागी उम्मेद्वारी दिएकाहरुलाई बैशाख २१ गते साँझसम्म उम्मेद्वारी फिर्ता लिन समय दिइएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.