Gorkha Sansar

मैले पार्टीकाे निर्णय मान्छु भनेकाे हाे, कसैलाइ समर्थन गरेकेा छैन – कंडेल

बैशाख २०, गाेरखा ।

नेपाली कांग्रेस पालुङटारका मेयर पदका उम्मेदवार इ.दिपकबाबु कंडेलले अाफूले पार्टी केन्द्रकाे निर्णय मान्ने तर कसैलाइ समर्थनका कुरा नगरेकाे बताउनुभयाे  ।

मिडियमा बिभिन्न प्रचारबाजी र अाफूले जसपालाइ सघाउने भनी अाएका समाचारहरू सबै गलत भएकाे उहाँले बताउनुभएकाे छ । उहाँका अनुसार अाफू पार्टी कार्यकर्ता भएका हिसाबले पार्टीकाे निर्णय बिपरित जान नसक्ने भएतापनि अाफै उम्मेदवार कायमै भइरहेकाे सन्दर्भमा कसलाइ सघाउने भन्ने धारणा भने अाफूले नबनाएकाे बताउनुभयाे ।

केन्द्रिय तहकाे हस्तक्षेप भएकाे कारण केही किचलाे भएकाे तर साे कुरा गलत भइरहेकाे कांग्रेसका केही उम्मेदवारहरूले  बताइएका छन। केन्द्रीय तहमा गरिएकाे भनिएकाे गठबन्धनबाट नेपाली काँग्रेसका मेयर इ.दिपकबाबु कंडेलले उम्मेदवारी फिर्ता गरी जसपालाइ सघाउने भनिएकाे भएतापनि कंडेलकाे उम्मेदवारी भने कायमै छ ।

उहाँले एक बिज्ञप्ति जारी गर्दै अाफूले पार्टी केन्द्रकाे निर्णय मान्ने बताउनुभएकाे छ तर कसलाइ सघाउने भन्ने बारे कुनै पनि धारणा व्यक्त गर्नुभएकाे छैन । उता हिजाे नै काँग्रेसका सवै वडाका उम्मेदवारहरूले मेयर बिना निर्वाचनमा जान नसक्ने भनी संयुक्त रूपमा राजीनामा दिएका छन । अब के हुन्छ त ? भन्ने प्रश्नमा कंडेलले निर्वाचन अायाेगकाे नियमावलीअनुसार अाफू कांग्रेसकाे तर्फबाट मेयर पदकाे अाधिकारिक उम्मेदवार भएकाे र सबै जनसमुदायले निर्धक्कसँग रूख चिन्हमा मतदान गर्न समेत अनुराेध गर्नुभएकाे छ ।

उम्मेदवारहरूकाे राजीनामा सम्बन्धमा पनि उहाँले सबै उम्मेदवारहरू अाफ्नाे पक्षमा रहेकाे र अाफू पनि सदैव उहाँहरूसँगै रहेकाे बताउनुभयाे ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.